Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १३ मंसिर  । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको उसैको घरेलु मैदनमा भएको खेलमा पीएसभीलाई बार्सिलोनाले २-१ गोलअन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेले गोल गरे । यता, पीएसभीका लुक डी जोङले एक गोल गरेका थिए ।

पहिलो हाफमा गोलरहित बराबरी खेलको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । कप्तान मेस्सीले खेलको ६१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ७०औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । तर, खेलको ८२औं मिनेटमा जोङले गोल गर्दै पीएसभीलाई २-१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

जितसंगै समूह बी को शीर्ष स्थानको बार्सिलोनाले पाँच खेलबाट १३ अंक बनाएको छ । एक खेलअघि नै बार्सिलोना समूह विजेता बन्दा १ अंक मात्रै बनाएर पुछारमा रहेको पीएसभी एक खेल अघि नै च्याम्पियन्स लिगबाट बाहिरी सकेको छ ।

त्यस्तै, यही समूहको अर्को खेलमा इंग्लिस क्लब टोटनहृयामले इटालियन क्लब ईन्टर मिलानलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

टोटनहृयामले पाँच खेलबाट सात अंक बनाएको छ । यता, इन्टर मिलानको पनि समान खेलबाट ७ अंक नै रहेको छ । दुवै टिम अन्तिम १६ मा पुग्ने सम्भावना कायमै रहेको छ ।

तपाईको प्रतिक्रिया