Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौं, १८ असार २०८० । आइसीसी विश्वकप छनोट अन्तर्गत जिम्बावेलाई पराजित गर्दै श्रीलंकाले सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ ।

आइतबार जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा भएको खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै श्रीलंका विश्वकपमा छानिने पहिलो टोली बनेको हो । जिम्बावेले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि पथुम निसंकाले १ सय २ बलमा १४ चौकाको सहयोगमा अविजित १ सय १ रनको शतकीय ईनिङ खेले । ओपनर करुणरत्ने ५६ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भएसँगै सो साझेदारी तोडिएको थियो ।

दोस्रो विकेटका लागि ओपनर पथुम र कुशल मेन्डिसले ८० बलमा ६६ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । मेन्डिसले ४२ बलमा २ चौकाको सहयोगमा अविजित २५ रन बनाए । जिम्बावेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए ।

यो जीतसँगै श्रीलंका विश्वकपमा छानिने पहिलो टोली बनेको छ ।

 

तपाईको प्रतिक्रिया