Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, १८ असार २०८० । आइसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको छ ।

जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा यूएईले जितका लागि दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै नेपालले सातौँ स्थानका लागि आययरल्यान्डसँगको भेट पक्का गरेको छ ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ७९ रनको अर्धशतकीय ईनिङ खेले । यूएईका मुहम्मद जवादुल्लाहले ३ तथा रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ५ बलमा अलआउट हुँदै१ सय ८१ रन बनाएको थियो । यूएईका वृत्य अरबिन्दले सर्वाधिक ४४ रन बनाए । यस्तै, रोहन मुस्ताफा ३५, बसिस हमिदले २९आर्यांश शर्माले २८, संचित शर्माले १२ तथा रमिज शाहजादले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३र३ तथा प्रतिस जि।सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिए । यो जितसँगै नेपालले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

पराजित यूएईले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

 

तपाईको प्रतिक्रिया