Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, १८ असार २०८० । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए ।

सिंगापुरका हरिहरणले ३ विकेट लिए । जवाफी व्याटिङ्मा आएको सिंगापुरको इनिङ्स कमजोर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले १/१ विकेट लिए । सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर रोशन रविचन्द्रनसंग मिलेर ४३ रनको साझेदारी गरे । रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने थाक्करले ७ रन जोडे ।

उपाधिको लागि नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । सोमबार भएको अर्को सेमिफाइनलमा घरेलु टोली मलेसियाले हङकङलाई ७८ रनले पराजित ग¥यो ।

 

तपाईको प्रतिक्रिया