Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

 

काठमाडौं, १३ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ ।

सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार भ्रष्टाचारका घटनामध्ये २५।५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन् ।

१७।२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार छन् ।

त्यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालय मालपोत, भुमिसुधार तथा नापी हुन् ।

यिनलाई अख्तियारे भ्रष्टाचारका लागि संवेदनशिल कार्यालय भनेको छ ।

यी कार्यलयमा हुने काममध्ये ६५।५ प्रतिशतमा भ्रष्टाचार हुने पाईएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया