Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

विराटनगर, १३ मङ्सिर । प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठुलो रकम दिएको छ ।

यस आर्थिक बर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई ७ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम दिने तयारी गरेको छ ।

मोरङको उर्लावारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तत्कालीन एमाले नेता भण्डारीका नाममा उर्लावारी प्राविधिक शिक्षालयसमेत सञ्चालन गर्दै आएको छ ।

सुनसरीको तरहस्थित सहिद आवसीय विद्यालयका लागि १ करोड ५० लाख रुपैयाँ दिइने भएको छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया