Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, १४ असार २०८० । नेपालका २ सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् ।

२९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।

चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड शुरु हुँदैछ । कोभिड महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको १९ औं एसियाड यस पटक भने निर्धारित समयमा नै हुने आशामा एशियाली राष्ट्रका खेलाडीहरू छन् ।

यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर, चीनमा महामारी फैलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एशियाली खेलकुद प्रभावित हुन पुग्यो ।

हाङझाउ एसियाड आउन अब ८७ दिन मात्र बाँकी छ । आयोजना नजिकिँदै गर्दा नेपाली खेलाडीहरूले आफ्नो तयारी तिब्र बनाइरहेका छन् । यस पटक नेपालको तर्फबाट कुल ५० जना प्रशिक्षकको प्रशिक्षणमा २३३ खेलाडीहरू १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले आयोजना नजिकिँदै गर्दा खेलाडीको तयारीमा तिब्रता दिइएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया