Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौँ, १३ असार २०८० । नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रदर्शन हुने भएको छ । हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न पाउनेछन् ।

‘प्रेम गीत ३’ यही असार १५ गते सिनेमाघर च्यानल नं.१०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलब्ध हुनेछ ।

एक्सभीओडीमा यो चलचित्र उपलब्ध भए पछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभीओडी डिशहोमको सेटटप बक्समा उपलब्ध रहेका फिचर हो ।

 

तपाईको प्रतिक्रिया