Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौं, १३ असार २०८० । थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

२ सय ७० रनको विशाल लक्ष्य लिएर जवाफी व्याटिङमा आएको थाइल्यान्ड १३।२ ओभरमा ४४ रनमै अलआउट भयो । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो खेल हो ।

तर समूह ‘ए’ मा रहेको थाइल्यान्ड दुबै खेलमा पराजित भएपछि नेपाल र मलेसिया सेमिफाइनल पुगेका हुन् । थाइल्यान्ड आफ्नो पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा नेपालका लागि सन्तोष यादवले ५ विकेट लिए ।

अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ र कप्तान अविषेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । यसअघि ओपनिङ जोडि निरज यादव र सुर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ६९ रन बनाएको थियो । प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ ।

सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया र थाइल्याण्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ,सिङ्गापुर,माल्दिभ्स र इन्डोनेसिया छन् ।

तपाईको प्रतिक्रिया