Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, १२ असार २०८० । राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार अन्तिम साता हुने भएको छ ।

नेपाल भलिबल संघले सोमबार दिएको जानकारी अनुसार असार २३ देखि ३० गतेसम्म प्रतियोगिता हुनेछ ।

प्रधानमन्त्री कप राष्ट्रिय क्लब लिग भलिबलको यो सातौं संस्करण हो । उक्त प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लव, त्रिभुवन आर्मी क्लब, ए.पि.एफ. क्लब, नेपाल पुलिस क्लब, दावाली मिलन क्लब, केशवलाल स्मृती – प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ र शैलुङ्ग वागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरि ८ क्लबको सहभागिता रहने छ ।

यस्तै, महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहने छ ।

 

तपाईको प्रतिक्रिया