Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

झापा, १२ असार २०८० । झापामा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने ५३ वर्षिय गिरेन कर्मकार रहेका छन् ।

आज बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका वडा नं.२ स्थित देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चियाबगानको छेउमा कर्मकार जंगली च्याउ टिप्न गएको बेला जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट उनको घट्ना स्थलममा नै मृत्यु भएको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया