Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

काठमाडौं, १० असार २०८० । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष नेसन्स लिग भलिबलको अन्तिम खेलमा आइतबार नेपालले उज्वेकिस्तानसँग खेल्दैछ ।

किर्गिस्तानको राजधानी बिस्केकमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।

प्रतियोगितामा लगातार ६ खेल हारेको नेपाल आइतबार पहिलो जितको खोजीमा छ ।

नेपालले यसअघि मंगोलिया, इरान, तुर्किमिनिस्तान र किर्गिस्तानको ए र बि टोलीसँगको खेल हारिसकेको छ ।

सात टोली सहभागि काभा नेशन्स लिग पुरुष भलिबलमा नेपाल अंक तालिकाको पुछारमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया