Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

झापा, १० असार २०८० । असारको पहिलो साता सकिदाँसम्म झापामा ९ प्रतिशत रोपाई भएको छ । असारको ८ गतेसम्म ७ हजार ८७५ हेक्टर क्षेत्रफलमा रोपाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

झापामा असार २ गतेबाट रोपाई शुरु भएको हो । कमल , गौरादह, कन्काई पालिकाका किसानहरुले छिट्टै रोपाई शुरु गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले बाह्रदशी , कचनकवल पालिकामा ढिलोगरी रोपाई शुरु हुने गरेको जानकारी दिए ।

किसानहरुले छिट्टै पाक्ने रंजित , सर्णा , बीबी ११ जस्ता धान रोपेका छन् । झापाका किसानहरुले मूल्यको ग्यारेन्टी भएको रामदाम धान पहिलो पटक लगाएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।टाइम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया