Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

काठमाडौं, १० असार २०८० । साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाललाई साविक विजेता भारतले २–० ले हराएको हो ।

यो हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे ।

पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने आफ्नो लय गुमाउँदै दुई गोल खाएको हो । यो जितसँगै समूह ‘ए’ बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ । दुई खेलमा ६ अंक जोडेको भारत दोस्रो स्थानमा छ ।

शनिबार पाकिस्तानलाई ४–० ले हराएको कुवेत ६ अंकसहित शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । समुहको अन्तिम खेलमा नेपालले पाकिस्तानको सामना गर्दा भारत र कुवेत भिड्नेछन् ।

 

तपाईको प्रतिक्रिया