Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बेंगलुरु, ९ असार २०८० । साफ च्याम्पियनपिस-२०२३ मा शनिबार नेपालको चुनौती समाप्त भएको छ । नेपाल दोस्रो हाफमा नौ मिनेटको अन्तरमा सम्भव २ गोलको कारण भारतको हातबाट २–० ले पराजित रह्यो । प्रतियोगिताको लिग चरणका सुरुआती २ खेल गुमाएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालसँगै पाकिस्तानको पनि चुनौती समाप्त भएको छ । अब समूह ‘ए’ बाट डिफेन्डिङ च्याम्पियन भारत र कुवेतले सेमिफाइनल खेल्नेछ । दुवै टिमको समान ६ अंक छ । समूहको शीर्ष स्थानमा रहने टिमको निर्णय यिनै दुई टिमबीच मंगलबार हुने खेलले गर्नेछ । नेपाल र पाकिस्तानबीचको त्यही दिन हुने खेल भने औपचारिक मात्र हुनेछ र यसले प्रतियोगितामा कुनै ठूलो अर्थ बोक्ने छैन । दुवै टिम शून्य अंकमा छन् ।

भारतका लागि पहिलो गोल कप्तान सुनिल क्षेत्रीले ६१ औं मिनेटमा गरे । दोस्रो गोल भने महेश सिंहको नाममा रह्यो । उनले ७० औं मिनेटमा दोस्रो गोल थपे । सुनिलले आफ्नो ९१ औं गोलका लागि पोस्टको नजिकबाट प्रहार गरेका थिए । उनले साहल अब्दुलको पासमा बललाई सामान्य ट्याप गर्दै बललाई पोस्टको दिशा दिए ।

सुनिलको सुरुआती प्रहार नेपाली गोलरक्षक किरण लिम्बूले राम्रोसँग क्लियर गर्न नसकेपछि त्यो क्रसबारमा लागेको थियो । त्यसलाई नेपाली डिफेन्सले क्लियर गर्न सकेन् र महेशले सजिलै गोल गरे । पहिलो हाफमा चुपचाप देखिएको भारतीय टिमले दोस्रो हाफको सुरुमा सिर्जना गरेको दबाब अन्ततः निर्णायक सावित भयो ।

 

 

तपाईको प्रतिक्रिया