Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, ९ असार २०८० । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप एकदिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टस जितेर नेदरल्यान्ड्सले नेपाललाई पहिला ब्याटिङ गर्न निम्तो दिएको हो । नेदरल्यान्ड्सले बलिङ गर्नेछ । खेलमा सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्नेछ । नेपाल विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । समूह ‘ए’ अन्तर्गत जिम्बाब्वेको टाकासिंगा स्पोर्ट्स क्लबमा खेल हुँदैछ । नेपालको यो समूहचरणको अन्तिम खेल हो ।

नेदरल्यान्ड्सको भने एक खेल बाँकी नै छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको हार व्येहोर्न पुगेको थियो । नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिनेछ ।अहिलेसम्म नेपाल र नेदरल्यान्डस बीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।

नेपाली टीममा रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, भिम सार्की, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

 

तपाईको प्रतिक्रिया