Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ६ असार २०८० । दक्षिण एशियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतको बैंगलोरमा सुरु हुँदैछ ।

पहिलो खेलमा बुधबार नेपालले कुवेतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । १४ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

यो समूहमा कुवेत, भारत र पाकिस्तान पनि छन् । प्रतियोगिताको समुह बि मा माल्दिभ्स, बंगलादेश, भुटान र लेबनान रहेका छन् ।

कुबेत र लेबनानलाई आमन्त्रित टोलीको रुपमा सहभागि गराईएकोले साफ च्याम्पियनसिपको यो संस्करण अघिल्ला प्रतियोगिताभन्दा फरक र कठिन हुनेछ ।

 

तपाईको प्रतिक्रिया