Online Bichar
मंगलबार, साउन ०१, २०८१ | Tuesday, July 16, 2024

काठमाडौं, २ असार २०८० । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

लगातारको वर्षाका कारण नेपाल र हङकङबीचको खेल टस समेत हुन नसकि रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र हङकङले १/१ अंक बाडेका छन् । अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।

हङकङलाई पराजित गरि नेपाल इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा प्रवेशको सम्भावना जिवित राख्न चाहन्थो । नेपाल र हङकङ बाहिरिएसँगै भारत र पाकिस्तान यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान सँग पराजित भएको थियो । बिहीबार भारत सँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगिताको सेमिफाइनल १९ जुन र फाइनल २१ जुनमा हुनेछ ।

 

तपाईको प्रतिक्रिया