Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

भद्रपुर, १२ मंसिर । झापा जिल्ला अदालतले जरिवाना तोकेर फरार सुचीमा राखेका तीनजनालाइ जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरि कारागार चलान गरेको छ ।

पक्राउ पर्नेमा २०६७ कात्तिक १६ गतेको फैसला आदेशले बहुबिवाह मुद्धामा १ बर्ष कैद र पाँचहजार जरिवाना लागेका झापा साबिक घेराबारी गा.बि.स. वडा न. ६ माईती घर भई राजगढ गा.बि.स. वडा न. ३ हाल बाह्रदशी गा.पा. वडा न. २ र्का ३० वर्षिया प्रतिवादी ताला भन्ने मेनका मूर्मु ,मोरङ् अदालतको २०७२ माघ १० गतेको फैसला आदेशले अपहरण तथा शरिर बन्धक मुद्धामा १० बर्ष कैद र ५० हजार जरिवाना लागेका झापा साबिक जुरोपानी गा.बि.स. वडा न. १ हाल गौरादह न.पा. वडा न. ८ का ३० वर्षिय प्रतिवादी महादेव राजवंशी र झापा जिल्ला अदालतको २०६७ कात्तिक १६ गतेको फैसला आदेशले बहुविवाह मुद्धामा १ बर्ष कैद पाँचहजार जरिवाना लागेका झापा साबिक राजगढ गा.बि.स. वडा न. ३ हाल बाह्रदशी गा.पा. वडा न. २ का ३१ वर्षिया प्रतिवादी एदेल भन्ने दिव’ मूर्मुलाई पक्राउ गरिएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता महेन्द्रक’मार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका सबैलाइ सोमबार कैद भुक्तानको लगि कारागार चलान गरिएको डिएसपी श्रेष्ठले जनाए ।

त्यसैगरी तस्करीमा संलग्न भएको आरोपमा २ लाख १८ हजार नौसय २० मूल्य बराबरको सामानसहित एकजना कारोबारीलाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मे.न.पा. ६का २५ वर्षिय मन्दिप राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले झापा मेचिनगर नगरपालिका(६ मा बिभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली निकासी तथा पैठारी गरिरहेको अवस्थामा सामानसहित राजवंशीलाइ पक्राउ गरिएको डिएसपी श्रेष्ठले जनाए ।

राजवंशीबाट सुख्खा सुपाडी, मरिच, कपडा सुकुमेल लगायतका सामान बरामद गरि सामानसहित आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईएको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया