Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

काठमाडौं, ३१ जेठ २०८० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् ।

मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार क्लवले आफ्नो टोलीमा अनुबन्ध गरेको हो भने मोन्टेरियल टाईगर्सले दिपेन्द्रलाई अनुबन्ध गरेको छ । सुरेमा सन्दीप लामिछानेका साथै एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेनड्रार्फ जस्ता खेलाडी पनि परेका छन् ।

यस्तै, दीपेन्द्र अनुबन्धित भएको मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडी परेका छन् । सन्दीपले यसअघि मोन्टेरियल टाईगर र दोस्रो सिजन टोरन्टोबाट ग्लोबल टी ट्वान्टी खेलिसकेका छन् ।

दीपेन्द्र भने पहिलो पटक अनुबन्धित भएका हुन । ग्लोबल टी–ट्वान्टी लिगमा सोमपाल कामीले पनि खेलिसकेका छन् ।

तपाईको प्रतिक्रिया