Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, १२ मंसिर  । काठमाडौंको गोंगबुस्थित एक होटलबाट ८ वर्षीय बालक बेपत्ता भएका छन् । स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास बेपत्ता भएका हुन् ।

बुबा प्रवीणका अनुसार होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझबाट सम्पर्कविहीन छन् ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवेदन दिएका छौं । तर, अहिलेसम्म अत्तोपत्तो छैन ।’

प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments