Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दैलेख, १२ मंसिर । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नंम्बरको जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीले दुर्घटनाको पुष्टि गर्दै सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भीर रहेको बताइए पनि नाम र ठेगाना खुलेको छ ।

दुर्घटनालगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा घाइतेको उद्धार भएको थियो ।

बिहान ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको बताइए पनि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

तपाईको प्रतिक्रिया