Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २७ जेठ २०८० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा शनिबार संकटा र एनआरटीले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा सुरुआती अग्रता भने संकटाले बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८९ औं मिनेटमा बिक्रम धिमालले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ ।

एनआरटीले २७ खेलमा ३४ अंक जोडेको छ ।

 

तपाईको प्रतिक्रिया