Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

काठमाडौं, २७ जेठ २०८० । वरिष्ठ गायक स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा विभिन्न स्रस्टालाई सम्मान गरीएको छ । शनिबार काठमाडौंमा भएको कार्यक्रममा गोल्डेन भ्वाइस अफ् नेपालको उपाधिसमेत पाएका प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा विभिन्न तीन वटा संगीत विधामा सम्मान गरीएको हो ।

कार्यक्रममा प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय संगीत सम्मान गीतकार किरण खेलर्लाइ प्रदान गरीएको छ । त्यसैगरी प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारावादक उस्ताद तारावीर सिंह तुलाधरलाई प्रदान गरीएको हो ।

यस्तै, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संगीत पुरस्कार गायिका मिलन नेवारलाई प्रधान गरीएको छ ।

कार्यक्रममा लोकसंस्कृतिविद एवं कवि तुलसी दिवसले सो सम्मान वितरण गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया