Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २६ जेठ २०८० । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका अन्तिम चरणका खेलहरु शुक्रबारबाट हुँदैछन् ।

२६ औं चरणका चार खेल शुक्रबार हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो ३ बजे सुरु हुने यो खेल जित्दै एपीएफ क्लब रेलिगेसनबाट जोगिन चाहन्छ । फ्रेन्ड्सलाई पनि रेलिगेसनबाट जोगिन आजको खेल जित्नैपर्ने दबाब छ ।

शुक्रबारै दिउँसो ३ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा एफ।सी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको पुछारमा रहेको खुमलटारलाई रेलिगेसनबाट जोगिने गणितीय सम्भावना जिवित राख्न पनि आजको खेल जित्नैपर्ने दबाब छ ।

चर्च ब्वाइज भने एक खेल अगाबै लिग च्याम्पियन बनिसकेको छ । शुक्रबारै दिउँसो च्यासल मैदानमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।

लिगको शिर्ष दुई स्थानमा चर्च ब्वाइज र मच्छिन्द्र क्लब सुरक्षित भइसक्दा रेलिगेशनको होड भने रोचक मोडमा पुगेको छ । अन्तिम चरणको खेलपूर्व पुछारका चार टोलीहरु एपिएफ क्लब, थ्रिस्टार, प्mेण्ड्स क्लब र खुमलटार रेलिगेशनको जोखिममा छत् ।

यी मध्ये दुई टोली ‘ए’ डिभिजनबाट ‘बि’ डिभिजनमा झर्नेछन् ।

 

तपाईको प्रतिक्रिया