Online Bichar
मंगलबार, आषाढ ०५, २०८१ | Tuesday, June 18, 2024

काठमाडौं, २४ जेठ २०८० । अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित हुनुभएको छ । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’ मा उहाँ अनुबन्धित हुनुभएको हो ।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ भने फिल्ममा छांयाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित हुनुभएको छ । फिल्मको ९० प्रतिशत छायाङ्कन बाह्रबिसे नगरपालिका –६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक छिट्टै फाइनल गरिने निर्देशक शेर्पाले बताउनुभयो । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछू, शेर्पाले भन्नुभयो ।

उहाँले फिल्म सामाजिक कथामा बन्नेसमेत जानकारी दिनुभयो । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उहाँले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गर्नुभएको छ।

 

तपाईको प्रतिक्रिया