Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, २४ जेठ २०८० । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ ।

यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार नेपाललाई म्यानमारले ५-० गोल अन्तरले हराएको हो ।

नेपालविरुद्ध म्यानमारले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा तीन गोल गरेको थियो ।

म्यानमारको जितमा यिन लुन इनले ह्याट्रिक गरिन् । यस्तै जिन मोई पाए र युन वादीले एक एक गोल गरिन्

खेलको २३ औं मिनेटमा जिन मोईले गोल गर्दै म्यानमारलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा यिन लुनले गोल गर्दै म्यानमारलाई २-० को अग्रता दिलाए ।

खेलको ४६ औं मिनेटमा यिनले व्यक्तिगत दोस्रो गोल गर्दा म्यानमार ३-० ले अघि रह्यो ।

७० औं मिनेटमा युनले गोल गर्दा घरेलु टोलीको अग्रता ४-० को पुग्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा यिनले ह्याट्रिक पूरा गर्दै म्यानमारलाई ५-० को जित दिलाए ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले अब दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

 

तपाईको प्रतिक्रिया