Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २४ जेठ २०८० । सहिद स्मारक एु डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।

दोस्रो लेगको १२ औं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

हिमालयन आज आठौं जित निकाल्ने योजनामा रहेको छ । हिमालयन २४ खेलमा ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

मछिन्द्र ११ औं जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र फ्रेन्ड्सबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

संकटा आज आठौं जित निकाल्ने योजनामा रहेको छ । संकटा २४ खेलमा ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

फ्रेन्ड्स सातौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स २४ खेलमा २६ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै च्यासलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम ९एनआरटी० बीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मनाङ आठौं जितको योजनामा हुनेछ । मनाङ २४ खेलमा ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

एनआरटी पनि आठौं जितको खोजीमा हुनेछ । एनआरटी २४ खेलमा ३० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया