Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौं, २४ जेठ २०८० । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

फान्सको पेरिसस्थित रोलाँ ग्यारोमा मंगलबार राति भएको क्वाटरफाइनल खेलमा रुसका कारेन काचानोभलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् ।

काचानोभविरुद्धको खेल जोकोभिचले ४–६, ७–६ , ६–२ र ६–४ को सेटमा जिते । करियरमा किर्तीमानी २३ औंं ग्राण्डस्लाम उपाधिको खोजीमा रहेका जोकोभिचले अब सेमिफाइनलमा स्पेनका कार्लोस अल्कारेजको सामना गर्नेछन् ।

शिर्ष वरियताका अल्कारेजले क्वाटरफाइनलमा पाँचौ वरियताका ग्रिक खेलाडी स्टेफानोस सित्सीपासलाई ६–२, ६–१ र ७–६ को सोझो सेटमा हराए ।

 

तपाईको प्रतिक्रिया