Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

कावासोती, १२ मङ्सिर ।  अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव एक करोड ७५ लाख रूपैयाँ सङ्कलन गरेको छ ।

नवलपरासी मध्यविन्दु नगरपालिका–१ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सव एवं धान्याञ्चल गीताज्ञान महायज्ञमा नगद र भूमिदान गरी सो रकम सङ्कलन गरिएको हो ।

सङ्कलित रकमबाट विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारमा खर्च गरिने विद्यालयका प्राधानाध्यपक दधिराम सापकोटाले बताए।

दुई सय ६५ विद्यार्थीले विद्यालयमा अध्यन गर्दै आएका र निजी स्रोतबाट दश शिक्षक राख्नुपरेको र उनीहरुको तलब जुटाउन समेत अप्ठ्यारो परेकाले महायज्ञ आयोजना गरिएको हो।

विद्यालयले निजी स्रोतका शिक्षकका लागि मासिक एक लाख १० हजार खर्च गर्दै आए पनि विद्यालयको आफ्नो आम्दानीको कुनै स्रोत नभएकाले समस्या हुँदै आएको प्रधानाध्यापक सापकोटाले जानकारी दिए ।

रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments