Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

पथरी, १२ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा गएराति टिप्परको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नम्बरको टिप्पपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका राजबंशीलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईँले जानकारी दिए।

टिपरलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको बजगाईंले जानकारी दिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments