Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

झापा, २१ जेठ २०८० । गुगलले निष्क्रिय जिमेल खाताहरू हटाउने (डिलिट गर्ने) भएको छ। अन्तर्राष्ट्रिय समाचार अखबारहरूका अनुसार गुगलले लाखौं बढी खाताहरू हटाउने तयारी गरिरहेको हो। हरेक साल नयाँ जिमेल खाता बनाउनेको संख्या बढ्दो छ। केहीले एक पटकको प्रयोगको लागि मात्रै यस्तो खाता बनाउने गर्छन्। त्यसपछि ती खाताहरू निष्क्रिय रहन्छन्।

गुगलले आफ्नो सर्भरमा ठाउँ खाली गर्न र अन्य प्रयोगकर्ताहरूको सुरक्षालाई बलियो बनाउन निष्क्रिय खाताहरू हटाउन लागेको जनाएको छ।

गुगलले कुन प्रकारको खाता हटाउन लागेको भन्ने सूची सार्वजनिक गरेको छैन। तर दुई वर्षदेखि निष्क्रिय जिमेल खाताहरू भने हट्नेछ। निष्क्रिय खाताहरू ह्याक गर्न सहज हुन्छ।

तपाईंको जिमेल खाता नहटोस् भन्ने चहानुहुन्छ भने यसो गर्नुस्ः

-तपाईंको जिमेल खाता अन्य जिमेलको स्वामित्व रहेको एप्लिकेसन जस्तै युट्युबसँगै कनेक्ट गरी राख्नुहोस्।

– जिमेल खातालाई प्ले(स्टोरसँग कनेक्ट गर्नुहोस्। र, त्यहाबाट कुनै पनि एप डाउनलोड गर्नुहोस्।

– जिमेल खाता लग(इन गरी यसमा गुगल ड्राइभको पहुँच दिनुहोस्।

-जिमेलमा गई कसैलाई इमेल पठाउनुहोस्।

-तपाईंको निष्क्रिय कुनै खाता छ भने त्यसलाई सक्रिय खातासँग कनेक्ट गर्नुहोस्। र, गुगलमा गई कुनै पनि विषयमा जानकारी खोज्नुहोस्।

गुगलले सन् २००४ सालदेखि सूचना आदानप्रदानको लागि जिमेलको सुविधा दिएको हो। आधिकारिकसँगै गैर-आधिकारिक कुराकानीहरूको लागि जिमेल एक उत्कृष्ट प्लेटफर्महरू मध्ये पर्छ।

 

तपाईको प्रतिक्रिया