Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

जेबि खड्का
गौरादह, १९ जेठ २०८० । गौरादह नगरपालिका वडा नं.३ को धोबिनियामा पशु तथा कृषि प्रदर्शनी गरिएको छ। गौरादह-३ को पशु तथा कृषि प्रदर्शनी संचालन समितिको आयोजनामा संचालन गरिएको पशु तथा कृषि प्रदर्शनीमा नगरपालिका भित्रका किसान तथा संघ संस्थाहरुले उत्पादन गरेका सामग्री प्रदर्शनीका लागि राखिएका थिए।

कृषि परियोजनका लागि प्रयोग गरिने सामग्री पनि प्रदर्शनीमा राखिएका थिए। पशुपंक्षीमा तरकारी बालीमा लाग्ने रोग र निराकरणका उपायका बारेमा परामर्श सेवा समेत रहेको थियो। गौरादह नगरपालिका भित्र रहेका किसानहरुले उत्पादन गरेका तरकारी, फलफुल र किसानले पालेका पशु पंक्षीलाई प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। गौरादह फर्निचर तथा फर्निसिङ व्यावसायि संघले विभिन्न जातका निःशुल्क बिरुवा बितरण गरेको थियो। सगरमाथा मूल कृषक समुहले आर्गनिक तरकारी, अचार र जुत्ता चप्पल प्रदर्शनीमा राखेको थियो। कृष्ण नर्सरीले विभिन्न जातका फुल तथा बोट बिरुवा प्रदर्शनीमा राखेको थियो। गौरादह साना किसान कृषि सहकारी संस्थाले विषादी रहित तरकारी राखेको थियो। ढुङ्गाना च्याउ उद्योगले आफुले उत्पादन गरेका च्याउका परिकार राखृको थियो। गौरादह कृषि क्याम्पसले नेपालका सबै प्रदेशमा पाइने मौसमी तथा बेमौसमी तरकारीका बिऊ राखेको थियो।महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले संस्थाबाट उत्पादित सामग्री राखेको थियो।ढुङ्गाना भेटनेरीले पशु औषधि र कृषि संसार नेपालले कृषि प्रयोग गरिने सामग्री राखेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पशु प्रदर्शनीमा गर्मी बाधक
गौरादह-३ मा आयोजना गरिएको पशु तथा कृषि प्रदर्शनीमा चौपायाका लागि गर्मी बाधक बनेको छ।केही दिन अगाडि देखि अत्याधिक मात्रामा गर्मी बढ्दा त्यसको असर पशु प्रदर्शनीमा परेको छ।गर्मीको मात्रा बढि हुदा पशु चौपाया बिरामी हुने डरले किसानहरुले चौपाया प्रदर्शनीमा ल्याउन सकेनन् । पशु तथा कृषि प्रदर्शनीका लागि निर्धारण गरिएको स्थानमा बोट बिरुवा नभएकाले सितल छहारी नहुदा किसानले चौपाया राख्न नसकेका हुन। वडा नं.३ का वडाध्यक्ष दिलिप भण्डारीको सभापतित्वमा पशु तथा कृषि प्रदर्शनी उद्घाटन गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले प्रदर्शनीको उद्घाटन गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया