Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, १२ मङ्सिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई खुला राख्दै पार्टीका सांगठनिक संरचना र गतिविधि भने भूमिगतरुपमा गर्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लव सार्वजनिक नभए पनि देशभित्रै रहेको दाबी गरिएको छ ।

यद्यपि नेकपाले विप्लवले नै सो सभामा सम्बोधन गर्ने बताउँदै आएको थियो ।

उक्त सभाको प्रमुख वक्ताको रुपमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्नुभएको थियो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘महासचिव विप्लवजी खुलमखुला नै हुनुहुन्छ । सजिलै भेट्न सक्नुहुन्छ हजुरले पनि । कुन कार्यक्रममा को जाने भन्ने निर्णय पार्टीले आवश्यकता हेरेर गर्छ । भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो जस्तो लाग्छ ।’
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया