Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १७ जेठ २०८० । आईसीसी विश्वकप छनोटका लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रीका प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली दक्षिण अफ्रीका प्रस्थान गरेको हो ।

क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने भने दक्षिण अफ्रीका गएनन् । उनीविरुद्धको बलात्कार मुद्दाको फैसला नभएको कारण सन्दीप दक्षिण अफ्रीका जानबाट बञ्चित भएका हुन् ।

नेपालले दक्षिण अफ्रीकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छ । नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने कार्यक्रम छ । जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ ।

सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

समूह ‘बी’ मा श्रीलंका,आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

 

तपाईको प्रतिक्रिया