Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १५ जेठ २०८० । वर्षाको कारण इन्डियन प्रिमियर लिग९आइपीएल० को प्रभावित भएको फाइनल खेल आज सोमबार हुने भएको छ ।

नरेन्द्र मोदी क्रिकेट मैदानमा आइतबार तय फाइनल खेल वर्षाको कारण स्थगित भएको थियो । भारी वर्षाका कारण टस समेत नभई खेल रोकिएको थियो ।

गुजरात टाईटन्स र चेन्नई सुपर किंग्सबीचको उपाधि भिडन्त सोमबार ‘रिजर्भ डे’  मा गरिने भएको हो ।

गुजरात र चेन्नईबीचको फाइनल खेल सोमबार साँझ ७:४५ बजे सुरु हुनेछ । खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुनेछ ।

साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो ।

फाइनल प्रवेशका लागि पाएको दोस्रो मौकामा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

चेन्नई पनि गुजरातलाई पराजित गरि पाँचौ पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । १३ औं सिजनको च्याम्पियन बनेर चेन्नई मुम्बईले सर्वाधिक पाँच पटक उपाधी उचालेको कीर्तिमानलाई बराबरी गर्न चाहन्छ ।

घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । अहमदाबादमा खेलेको नौ मध्ये छ खेलमा गुजरात विजयी भएको छ । गुजरातले सिजनको पहिलो खेलमा चेन्नईलाई यसै मैदानमा पराजित गरेको थियो ।

चेन्नईको भने यस मैदानमा राम्रो प्रदर्शन रहेको छैन । यस मैदानमा खेलेको तीन खेलमा नै चेन्नई पराजित भएको छ ।

समूह चरणमा चेन्नई र गुजरातले एक खेल खेलेका थिए । समूह चरणको खेलमा गुजरात अपराजित रहेको थियो ।

 

तपाईको प्रतिक्रिया