Online Bichar
शनिबार, आश्विन ०६, २०८० | Saturday, September 23, 2023

झापा, १४ जेठ २०८० । नेपालबाट फेसबुक चलाइरहेका प्रयोगकर्ताहरूले अब आफ्नो खाता लक गर्न मिल्ने भएको छ। फेसबुक सुरक्षाअन्तर्गत पर्ने उक्त फिचरले प्रयोगकर्तालाई आफ्नो खाता थप निजी वा गोप्य राख्न मद्दत गर्छ।

यसभन्दा अघि पश्चिमी मुलुकका प्रयोगकर्ताहरूले मात्रै यो फिचर पाइरहेका थिए।

नेपालका केही प्रयोगकर्ताहरूले भिपिएन प्रयोग गरेर फेसबुक लक गर्थे। कम्पनीले यस सातादेखि भने नेपाली भू-भागबाट चलिरहेको खातामा समेत उक्त फिचर समावेश गरेको हो।

आफ्नो फेसबुक खाता गोप्य र फेसबुक साथीहरूले मात्र हेर्ने बनाउन चहानुहुन्छ भने तपाईंले फेसबुक लक फिचर प्रयोग गर्न सक्नुहुन्छ। फेसबुक लक गरेपछि तपाईंको साथीको सूचीमा भएका प्रयोगकर्ताबाहेक अरूले फेसबुक स्टक गर्न सक्दैनन्।

फेसबुक लक गर्दा तपाईंले फेसबुकमा राख्नुभएको प्रोफाइल फोटो र कभर फोटो भने देखिन्छ। तर यसलाई जुम गरेर हेर्न मिल्दैन।

यसरी गर्नुहोस् मोबाइल एपबाट आफ्नो फेसबुलाई लकः

१.सुरुमा मोबाइल एपबाट फेसबुक खोल्ने र आफ्नो प्रोफाइलमा जाने।

२. ‘एड टु स्टोरी’लेखिएको छेउमा ‘एडिट प्रोफाइल’ र तीनवटा डट देखिन्छ। त्यसबाट तीन वटा डटमा जाने

३. यहाँ तपाईंले ‘लक प्रोफाइल’ भन्ने विकल्प देख्न सक्नुहुन्छ, त्यसलाई चयन गर्ने।

४. त्यसपछि फेसबुकले तपाईंको प्रोफाइल लक भएपछि के-के हुन्छ र कस्तो देखिन्छ भनेर बताइदिन्छ।

५.अन्तिममा, उक्त पेज स्क्रोल डाउन गर्ने र त्यहाँ भएको ‘ओके’ विकल्पमा ट्याप गर्ने।

यसरी तपाईंको फेसबुक लक हुन्छ। अब तपाईंको फेसबुकमा भएका साथीहरूबाहेक अन्‍य प्रयोगकर्ताले प्रोफाइल हेर्न सक्दैन।

 

तपाईको प्रतिक्रिया