Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १३ जेठ २०८० । मलेसियासँग हुने पाँच महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार घोषणा गरेको टोलीमा तीन नयाँ अनुहार परेका छन् ।

युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र बायाँ हाते तीव्र गतिका बलर ईश्वरी विष्टले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन् । खड्का र विष्ट सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्दै आएकी छिन भने लुम्बिनी प्रदेशकी कृतिका मरासिनी नेपालको यू(१९ टोलीको कप्तानसमेत रहेकी छिन्।

रुविना क्षेत्रीको कप्तानीमा घोषित नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्यामसन जंग थापा रहेका छन् । त्यसबाहेक टोलीमा सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी रहेकी छिन् ।

नेपालले मलेसियामा गएर पाँच खेलको टी(२० आई सिरिज खेल्नेछ । नेपालले मलेसियासँग पहिलो खेल जेठ १५ मा खेल्दैछ । त्यस्तै जेठ १६ मा दोस्रो, जेठ १८ मा तेस्रो, जेठ २० मा चौथो र जेठ २१ मा चौथो खेल खेल्दैछ ।

तपाईको प्रतिक्रिया