Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १३ जेठ २०८० । सामाजिक कथावस्तुमा आधारित चलचित्र निरफूूल जेठ २६ गतेबाट देशभर प्रर्दशन हुने भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो ।

निर्माण सम्पन्न भएको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प, भूकम्पपछिको स्थिति, नागरिकले व्यहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूलाई जीवन्त रहीराख्ने चलचित्रमा अभिनय गर्न मन लागेको र यही चलचत्रिमा सो अवसर पाएको बताए । राईले चलचित्रले समाजको कथावस्तु, भूकम्पका बेलाको वस्तुस्थिति र नागरिकका समस्यालाई विशेष उठान गरिएको बताए ।

त्यस्तै अभिनेता बुद्धि तामाङले प्राकृतिक विपद् भन्दापनि समाज र समाजका मानिसहरु झनै विपद् भन्दा चर्का छन् भन्ने कुरालाई चलचित्रमा देखाइएको बताए ।

चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको संघर्षलाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।

रुवि भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्र निरफूलमा सचिन घिमिरे एसोसिएट निर्देशक रहेका छन् भने प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

 

तपाईको प्रतिक्रिया