Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौं, १२ जेठ २०८०। उज्वेकिस्तानलाई हराउँदै भारतले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भारत विजयी भएको हो ।

उपाधि दावेदार भारतले उज्वेकिस्तानले ३-० को साझो सेटमा जित हात पारेको हो ।

पहिलो सेट २५-१७ को अन्तरले जितको थियो । भारतले दोस्रो सेटमा ६ अंकले पछि परेको स्थिती उल्टाएर २५-२० ले जित हात पार्यो । तेस्रो सेट २५-१५ मा जित्दै भारतले खेलमा जित पक्का गर्यो ।

जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ । भारतले फाइनलमा दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा शुक्रबार नै नेपाल र कजाकस्तानले खेल्दैछन् ।

नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । नेपाल कजाकस्तानबीचको खेल साँझ ५ बजे रहेको छ ।

कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । कजाकस्तान समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

पराजित उज्वेकिस्तानले दोस्रो सेमिफाइनलको पराजित टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

 

तपाईको प्रतिक्रिया