Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ९ जेठ २०८० । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेल तालिका घोषणा भएको छ ।

आइसीसीले मंगलबार खेलतालिका प्रकाशन गरेको हो । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ ।

उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुनेछ ।

दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन र असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन र असार ९ मा खेल्नेछ ।

जिम्बावेविरुद्ध १८ जुन अर्थात् असार ३ मा हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० मान्यता प्राप्त खेल पनि हुनेछ ।

प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । उता, समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

 

तपाईको प्रतिक्रिया