Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

जेबि खड्का
गौरादह, ७ जेठ २०८० । गौरादह उद्योग बाणिज्य संघको नवनिर्वाचित समितिले पदभार ग्रहण गरेको छ। गौरादह उद्योग बाणिज्य संघको नवनिर्मित भवनको सभाहलमा निर्वाचन समितिले सफथ ग्रहण तथा पदस्थापन कार्यक्रमको आयोजना गरि पदभार जिम्मा लगाएको हो। गत बैशाख २६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित उद्योग बाणिज्य संघका पदाधिकारीहरुमा अध्यक्षलाई निर्वाचन समिति संयोजक र अन्य पदाधिकारीलाई अध्यक्षले सफथ गराएका थिए।

उद्योग बाणिज्य संघको बिधान अनुसार निर्वाचन समिति संयोजक डिल्लीराम अधिकारीले नवनिर्वाचित अध्यक्ष जीत बहादुर कार्की (जेबी) लाई सफथ गराएका थिए। अध्यक्ष जेबी कार्कीले उपाध्यक्ष सहित सदस्यहरुलाई सफथ गराएका थिए। सफथ तथा पदभार ग्रहणका अवसरमा निवर्तमान महासचिव असोक चुडालले नवनिर्वाचित महासचिव ईस्वर खत्रीलाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो। सोही अवसरमा गौरादह उद्योग बाणिज्य संघका पुर्ब पदाधिकारीहरुलाई कदर पत्र बितरण गरिएको थियो। कर्मचारीहरुलाई प्रसंसा पत्र बितरण गरिएको थियो। नवनिर्वाचित अध्यक्ष जेबि कार्कीले गौरादह उद्योग बाणिज्य संघले व्यावसायिहरुको समस्या प्रति उत्तरदायी बन्दै व्यावसायिहरुको आशा र भरोसाको केन्द्र बिन्दुमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

सफथ ग्रहण तथा पदस्थापन कार्यक्रममा शुभकामना मन्तब्य राख्ने अधिकांश बक्ताहरुले गौरादह उद्योग बाणिज्य संघले व्यावसायिहरुका हकहितका बिषयमा काम गर्दै समाज रुपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए। नगरको आर्थिक तथा सामाजिक बिकास र समृद्धिलाई ध्यानमा राखि उद्योग बाणिज्य संघको गरिमालाई उच्च राख्न सफलताको शुभकामना दिएका थिए।

बर्तमान परिस्थितिमा बैंक ब्याजदर उच्च हुदा व्यावसायिहरुलाई मार परेकाले यश तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उद्योग बाणिज्य संघलाई सुझाव दिएका थिए। यसरी मन्तब्य राख्नेहरुमा उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष फडिन्द्र राज दाहाल, राप्रपाका खेम तिम्सिना, एमालेका निर्मल बाँस्तोला, नेपाली कांग्रेसका हेमन्त कार्की, गौरादह नगर प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीले गौरादह उद्योग बाणिज्य संघले स्थानीय सरकार सँग समन्वय गरेर काम गर्ने बिस्वास ब्यक्त गरेका थिए। कार्यक्रममा पहिलो सत्रको सभापतित्व निर्वाचन समिति संयोजक डिल्लीराम अधिकारी र दोस्रो सत्रको सभापतित्व नवनिर्वाचित अध्यक्ष जेबि कार्कीले गरेका थिए। निर्वाचन समिति सदस्य माधव कोइरालाले स्वागत मन्तब्य राखेको कार्यक्रममा निर्वाचन समिति सदस्य डण्डीराज घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया