Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ५ जेठ २०८० । नीजि क्षेत्रको दूरसंचार प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई उनीहरूकै आवश्यकताअनुसार सेवाको प्लान आफैँ बनाई अझै सुलभदरमा सेवाहरू प्रयोग गर्न सक्ने योजना ल्याएको छ ।

एनसेलले ‘एनसेल माई प्लान’अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफैँ बनाएर सेवा लिन सक्ने सुविधा ल्याएको हो ।

यसमा ग्राहक आफैले आफ्नो प्याक बनाउन सक्ने यो नेपालमा संचालनमा आएको पहिलो सुविधा भएको एनसेलको दाबी छ । इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेस सेवाअन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट बनाउन सक्ने जनाइएको छ । माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुईवटा विकल्प रहेको कम्पनीले जनाएको छ । यो सुविधामा ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्छन् ।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यो प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्नेछन् । माइ प्लान ५०० को कर सहित ५सय रुपैया र यसमा ग्राहकले ५ सय बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफै बनाउन सक्ने पनि एनसेलले जनाएको छ ।

त्यस्तै फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले ५ सय रुपैयाँ भन्दा बढि मुल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरि ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्नेछन् । यसका साथै प्लानमा पाइने सेवाबाहेक, माई प्लान लिने ग्राहकले २५ सय मिनेट अन नेट टक टाइम र एक हजार अन नेट एसएमएस सेवा निःशुल्क पाउने पनि कम्वनीले जनाएको छ  । यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिनेछ । माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन्, त्यसैअनुरूप प्लानको मूल्य तय हुने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया