Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको आलोचना गर्नेहरुमाथि आक्रोश पोखेका छन् । राष्ट्रपति, उपराष्ट्रपति जस्ता संस्था ‘विभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन्’ भन्दै उनले आलोचकहरुलाई सभ्यताहीन र उच्छृङ्खलको संज्ञा दिएका छन् ।

मंगलबार सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर गणतन्त्रका संस्थाहरुमाथि धावा बोल्न खोजिएको बताए । उनले भने, ‘उनीहरुले बुझ्नुपर्ने हो । राष्ट्रपति, उपराष्ट्रपति जस्ता संस्था ‘विभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन् ।’

‘आफैं सक्रिय नहुने सम्मानित संस्थाहरुमाथि लगातारको सभ्यताहीन आक्रमण विरोधीहरुको असहिष्णुताको उपज हो । चरम असहिष्णुता र राजनीतिक सभ्यताको अभाव हो ।’

विरोधका लागि विरोध गर्ने, हिंसात्मक विचार र व्यवहारको वकालत गर्ने उच्छृङ्खल तत्वहरु, राष्ट्रिय एकता कमजोर बनाउन तत्वहरुको क्रियाकलाप्रति सरकार सजग रहेको उनले बताए ।

लोकतन्त्र मास्न सकिन्छ कि भन्ने प्रयास विभिन्न कुनामा भइरहेको संकेत पाएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु, यस्तो प्रयासहरु नगर्दा राम्रो ।’ लोकतन्त्र नेपाली जनताले लडेर ल्याएको र र यसको रक्षा पनि गर्ने भन्दै उनले ‘लोकतान्त्र विरोधी क्रियाकलापहरु बन्द गर्दा राम्रो’ भनेका छन् ।

नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सारेर राष्ट्रपति कार्यालय विस्तार गर्न लागेको र समाज कल्याण परिषद भवनमा उपराष्ट्रपति कार्यालय राख्न सरकारले निर्णय गरेको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया