Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ५ जेठ २०८० । आइपिएल टि–ट्वेन्टी क्रिकेटमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराएको छ ।

हैदरावादको राजिव गान्धी रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान हेन्रीक क्लासेनले १ सय ४ रनको शतकिय पारी खेले ।

जवाफमा १ सय ८७ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर २ बलमा २ विकेट गुमाएर उक्त लक्ष्य पार गर्‍यो। बैंग्लोरका सुरुवाती व्याट्सम्यान विराट कोहलीले सय रन बनाउँदा अर्का सुरुवाती ब्याट्सम्यान फाफ डु प्लेसीसले ७१ रनको योगदान दिए ।

जितसँगै बैंग्लोरले प्ले अफ्मा पुग्ने संभावना बलियो पारेको छ । १० टोली सहभागि आइपिएल क्रिकेटको यो संस्करणमा अब सबै टोलीले समुह चरणको एउटा एउटा खेल खेल्न बाँकी छ । शुक्रबार राती राजस्थान रोयल्सले पञ्जाव किङ्सको सामना गर्नेछ ।

अहिलेसम्म १३ खेलबाट १८ अंक जोडेको साविक विजेता गुजरात टाइटान्स प्ले अफ्मा पुगिसकेको छ । १५–१५ अंक जोडेको चेन्नाई सुपर किङ्स र लखनउ सुपर जायन्ट्स दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

बैंग्लोर र मुम्बईको समान १४ अंक छ । चेन्नाई, लखनउ, बैंग्लोर र मुम्बईमध्ये तिन टोली प्ले अफ्मा पुग्ने प्रबल संभावना छ ।

 

तपाईको प्रतिक्रिया