Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ५ जेठ २०८० । नेपाली दुई चलचित्र ए साथी सुन’ र ‘डाकिनी’ शुक्रबारबाट हलमा एकसाथ रिलिज भएका छन् ।

चलचित्र ‘ए साथी सुन’ देशभर व्यावसायिक रूपमा प्रदर्शनमा आएको हो भने चलचित्र ‘डाकिनी’ लाई सीमित हलमा मात्र प्रदर्शन गरिएको हो ।

चलचित्र ‘ए साथी सुन’ मा अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । चलचित्र राम राघव आचार्यको लेखन तथा निर्देशनमा तयार भएको छ । लभ स्टोरी, थ्रिलर तथा कमेडी जनरामा चलचित्र निर्माण भएको छ ।

चलचित्रमा रमेश र वर्षासँगै आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायत अभिनय रहेको छ । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको निर्माता बीना कार्की, सन्तोषकुमार राई र टायम कट्टले हुन् ।

यसैगरी अर्को चलचित्र ‘डाकिनी’ विश्वका प्रख्यात फेस्टिभलको चक्र पूरा गरेपछि रिलिज हुन लागेको हो । चलचित्रको अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम हो । यो चलचित्रको नेपाली नाम डाकिनी हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी ९डाकिनी०का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो चलचित्र पनि यस्तै देवीको खोजीको कथामा छ ।

षट्कोण आर्टस्ले निर्माण भएको चलचित्र ‘डाकिनी’ खिन्से नोर्बु ९जोङसार खिन्से रिम्पोछे०ले निर्देशन गरेका हुन् । निर्देशक नोर्बु बौद्ध धर्मका ठूला गुरु समेत हुन् । चलचित्रको सबै सुटिङ पनौती र पाटनमा भएको हो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ ।

चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो चलचित्र हो । कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

 

तपाईको प्रतिक्रिया