Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ४ जेठ २०८० । इन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वेन्टी क्रिकेटमा बुधबार राति दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई १५ रनले हराएको छ ।

धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । रुसोले अविजित ८२ रन बनाउँदा पृथ्वी शाले ५४ रनको योगदान दिए ।

जवाफमा २ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । पञ्जावका लियाम लिभिङस्टोनले ९४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको दिल्लीको प्रतियोगितामा यो पाँचौ जित हो । हारपछि पञ्जावको प्लेअफ सम्भावना लगभग सकिएको छ । १३ खेलबाट १२ अंक जोडेको पञ्जाव आइपिएल तालिकाको आठौं स्थानमा छ । पञ्जावसहित चार टिमको समान १२ अंक भए पनि नेट रनरेटमा पञ्जाव सबैभन्दा कमजोर छ ।

दिल्ली र हैदरावाद प्रतियोगिताबाट बाहिरिसकेका छन् भने साविक विजेता गुजरात टाइटान्स प्लेअफमा छनौट भईसकेको छ । चेन्नाई सुपर किङ्स, लखनउ सुपर जायन्ट्स, मुम्बई इण्डीयन्स र रोयल च्यालेन्जर्स बैंग्लोरमध्ये तिन टोली प्ले अफमा पुग्ने प्रबल संभावना छ ।

 

तपाईको प्रतिक्रिया