Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं,४ जेठ २०८० । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार १९ औं चरणका तीन खेल हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लब भिड्नेछन् ।

फ्रेन्ड्स र मछिन्द्रबीचको खेल बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ । सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

बिहीबार साँझ ६ बजे नै दशरथ रंगशालामा न्युरोड टिम ९एनआरटी०ले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

लिगमा १८ चरणको समाप्तीमा ३३ अंकसहित चर्च ब्वाइज शिर्ष स्थानमा रहँदा ३१ अंकसहित जावलाखेल युथ क्लब दोस्रो स्थानमा छ भने तेस्रो स्थानको मच्छिन्द्र ३० अंकमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया