Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

जेबि खड्का

गौरादह, ३० वैशाख २०८० । झापाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने अधिकांश नागरिकहरु कृषि पेशामा आश्रित छन् । खेती गर्न पुरानै शैली अपनाउदा किसानहरु हैरान भैसकेका छन् । बर्तमान समय र परिस्थिति अनुसार किसानहरुले खेती गर्न सहज हुने आधुनिक उपकरण खोजी रहेका छन् । केही उपकरणहरु महंगा र किसानले खरिद गर्न नसक्ने छन् । आर्थिक अवस्था न्यून भएका किसानहरु खेतीमा अधिकांश समय खर्च गरेपनि सस्ता आधुनिक उपकरण पनि खरिद गर्न असमर्थ भइरहेका छन् ।

आधुनिक उपकरणको अभावमा दुख र झंझट बेहोर्नु पर्दा किसानहरुलाई खेतीपातीबाट पलायन हुने सम्भावना समेत बढेको देखिन्छ। किसानहरुलाई खेतीमा आकर्षण बढाउन गौरादह नगरपालिका वडा नं.१ ले किसानहरुलाई खेती गर्न सहजताका लागि आधुनिक उपकरण बितरण गरेको छ।आधुनिक उपकरण बितरण भएपछि किसानलाई खेती गर्न थप हौसला भएको वडा सदस्य केशर बहादुर भुजेलले बताएका छन। वडा नं.१ ले किसानहरुका लागि बिनियोजित गरेको वडा सिलिङ बजेटबाट कृषि उपकरण बितरण गरेको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

वडाको वडा सिलिङ बजेटको १ लाख ६३ हजारबाट कृषि उपकरण बितरण गरिएको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताएका छन। कृषि उपकरण पाएपछि किसानलाई खेती गर्न सहज हुनुका साथै जनप्रतिनिधि किसानहरु प्रति उत्तरदायी बनेको देखिन्छ । मौसमी र बेमौसमी बाली लगाउन किसानहरुको सहजताका लागि आवश्यक पर्ने उपकरण बितरण गरिएको वडा नं.१ का वडाध्यक्ष भण्डारीले बताएका छन।

किसानहरुले बेमौसमी तरकारी खेती गरेर छोटो समयमा आम्दानी गर्ने भएकाले तरकारी खेतीका लागि पलास्टिक टनेल बितरण गरेको वडा नं (१ का वडाध्यक्ष भण्डारीले जानकारी गराएका छन। किसानहरुको आयआर्जन गर्ने स्रोतको रुपमा बेमौसमी तरकारीलाई लिएकाले किसानको मागाका आधारमा पलास्टिक टनेल बितरण गरिएको वडाध्यक्ष भण्डारीको भनाइ छ। टनेलको अभावमा बेमौसमी तरकारी खेती गर्न केही समस्या सृजना भइरहेको समयमा टनेल पाएकाले तरकारी खेतीमा सहजता भएको किसान टीका अधिकारीले बताएकी छन।

पछिल्लो समयमा किसानहरुले उन्नत जातका मकै बाली लगाउने गरेका छन। स्थानीय जातको मकै भन्दा उन्नत जातको मकैको परिमाण बढी आउने गर्दछ। किसानले मकै बढी मात्रामा उत्पादन गरेपनि छोडाउने उपकरणको अभाव खड्की रहेको थियो। मकै छोडाउन किसानलाई सहजताका लागि वडा भित्र रहेका ९ वटा टोल बिकास संस्थाहरुलाई १/१ वटाका दरले मकै छोडाउने मेसिन बितरण गरिएको छ।

मकै छोडाउने मेसिन पायकाले मकै खेती तर्फ किसानको आकर्षण बढ्ने वडा नं.१ का नमुना टोल बिकास समितिका अध्यक्ष गोबिन्द कडेलले बताएका छन। खेती गर्न आधुनिक उपकरण पाएसँगै किसानहरुको समय,श्रम र लगानीको बचत हुने वडा नं.१ का उद्यम टोल बिकास समितिका अध्यक्ष रबि राईले बताएका छन।

तपाईको प्रतिक्रिया