Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

काठमाडौं, २९ वैशाख २०८० । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नीति लचकता अपनाएको छ।

केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दर घटाउने निर्णय गरेको हो । राष्ट्र बैंकले बैंकदर १ प्रतिशत बिन्दुले घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको छ । यसअघि बैंकदर साढे ८ प्रतिशत थियो । राष्ट्र बैंकले बैंक दरमा उपलब्ध हुँदै आएको दैनिक तरलता सुविधा ७ प्रतिशतमा सीमित गरेकाले अन्तरबैंक ब्याजदर १ दशमलव ५ प्रतिशत बिन्दुले घट्न पुगेको छ ।

बैंक तथा वित्तीय संस्थालाई सहुलियत दिने क्रममा राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९सिडी रेसियो० गणना गर्दा ऋणपत्रलाई स्रोतको प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्याएको छ । सिडी रेसियो सुविधा ६ महिना थप गर्दा बैंकहरुलाई सहजीकरण गर्ने हुने देखिएको छ । राष्ट्र बैंकले पछिल्ला दुई त्रैमाशमा लगातार ऋणात्मक भएका क्षेत्रका ऋणीहरूलाई पुनर्कर्जा सुविधा दिने भएको छ ।

यसको विधि र क्षेत्र एकीकृत निर्देशनमा आउने भएको छ । राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन र निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड रुपैयाँसम्मको कर्जालाई २०८० असारभित्र पुनसंरचना र पुर्नतालिकीकरण गर्ने सुविधा दिएको छ ।

त्यसैगरी अल्पकालिन तथा चालू पूँजी प्रकृतिका कर्जालाई पनि ३ महिनासम्मको म्याद थप गर्ने सुविधा दिएको छ । सावाँ तथा ब्याज भुक्तानी गर्ने ३ महिनासम्मको अवधिमा थप शुल्क र हर्जना लिन पाइने छैन।

 

तपाईको प्रतिक्रिया